दफा ३४
मनोनयनको लागि अयोग्य
(१) देहायका कर्मचारी अध्ययन वा तालिमको निमित्त मनोनयन हुन योग्य हुने छैनन्ः–
(क) दफा २७ बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार नभएका वा यस ऐन बमोजिम स्तरवृद्धि रोक्का भएका,
(ख) शुरु नियुक्ति भई पदस्थापन भएको अधिकृत तहको कर्मचारीले कम्तीमा एक वर्ष अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा काम नगरेको र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ प्रारम्भ हुनु अघि निजामती सेवा ऐन, २०४९ बमोजिमको नेपाल स्वास्थ्य सेवाको राजपत्रांकित श्रेणीको स्थायी पदमा रही कम्तीमा एक वर्ष अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम नगरेको ।
(ग) खण्ड (ख) मा उल्लिखित कर्मचारीले सोही खण्डमा उल्लिखित अवधिसम्म सोही खण्डमा उल्लेख भएको क्षेत्रमा काम नगरेको भए त्यस्तो अवधिसम्म त्यस्तो क्षेत्रमा गई रुजु हाजिर भई काम नगरेसम्म,
तर नितान्त प्राविधिक तथा विशेषज्ञ प्रकृतिको नब्बे दिन भन्दा कम अवधिको तालिममा मनोनयन गर्दा यस दफा बमोजिमको अयोग्यता लागू हुने छैन ।
(२) मन्त्रालयको पूर्व स्वीकृति बिना अध्ययनमा जानेको हकमा नेपाल सरकारबाट छात्रवृत्ति उपलब्ध गराइने छैन ।